सूचनाको शक्ति - The Power Of Information

        

टोपी उपहार दिएपछि पर्यटक खुशी

कैलाली । नेपाल भ्रमण बर्ष २०२० को सुदूरपश्चिम प्रदेशमा पनि भव्य रुपमा सुभारम्भ गरिएको छ । बुधबार कैलालीका विभिन्न स्थानीय तह तथा प्रदेश सरकारले पर्टन प्रवद्धर्नात्मक क्रियाकलापमार्फत पर्यटक भित्र्याउन सीमा नाकामा स्वागत तथा औपचारिक कार्यक्रमसमेत गरेका छन् । सरकारी र नीजि क्षेत्रको समेत सहभागीतामा नेपाल भ्रमण बर्ष २०२० को भव्य उद्वघाटन गरिएको हो ।

भ्रमण बर्षको सुभारम्भकै दिन बुधबार अग्रेजी नयाँ बर्ष समेत परेपछि कैलालीको त्रिनरगर नाकामा आवत्जावत्को चहलपहल बढिनै रह्यो । त्यसैमाथि ढाँका टोपी दिवस समेत परेपछि नेपालका तर्फबाट कैलालीको त्रिनगर नाकामा धनगढी उपमहानगरपालिकाले भारतबाट भित्रिने पर्यटकहरुलाई ढाँका टोपीसहित स्वागत गर्दा पर्यटकहरुको अनूभूति छुट्टै हुन पुग्यो ।

नेपालको स्वागत सत्कार तथा संस्कृतिका बारेमा सुनेका मात्रै पर्यटकहरु साच्चै सुनेजस्तै स्वागत पाएपछि खुसी देखिए । भारतको पञ्जाबबाट समेत झण्डै एक हजार किलोमिटर हिँडेर त्रिनगर नाका हुँदै नेपाल घुम्न आएका पर्यटकहरु समेत त्रिनगर नाकाम भेटिए । नेपाली ढाँका टोपी र कफीको चुस्कीसहितको स्वागत पाएपछि नेपाल साँच्चै सुनेभन्दा सुन्दर भूमि रहेछ भन्ने महसुस भएको भारतको पञ्जाबस्ती मोहलीबाट त्रिनगर आइपुगेका अमनप्रीत सिहंले बताए ।

धनगढी उपमहानगरपालिकाले भ्रमण बर्षको सुभारम्भमा पर्यटकहरुलाई ढाँका टोपीसहित स्वागत र निशुल्क बस सेवा सञ्चालनको व्यवस्था गरेको छ । त्यसलगायत आगाी दिन र आउँदा बर्षहरुमा समेत उपहानगरले यसको निरन्तरतालाई जोड दिने उपमहानरका मेयर नृपबहादुर वडले बताए । यता प्रदेश सरकारले भने विभिन्न मौलिक बाजागाजा, साँस्कृतिक झाँकी र परम्परागत नाचहरु देखाएर तथा औपचारिक कार्यक्रममार्फत भ्रमण बर्षको सुरुवात गरेको छ । भ्रमण बर्षको सुरुवात गर्दैै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेशमा पर्यटकीय करीडोरका अभियान थालिने बताउँछन् ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०९:५२