बाँके । राप्तीसोनारी गाँउपालिका–८ शम्सेरगन्जमा असहाय विपन्न परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरिएको छ । एनआरएन जर्मनका निर्वतमान संयोजक महेन्द्र धितालको आर्थिक सहयोगमा सो वडाका १० परिवारलाई लत्ता कपडा र चामल वितरण गरिएको हो । वडाका बिपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गरिएको कार्यक्रमका संयोजक नन्द चन्द ठकुरीले बताए ।
उनले विदेशमा रहेका महेन्द्र धितालले सहयोग गर्ने भनेपछि यस वडामा रहेका बिपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग गरिएको बताए । यसपटक सुरुवात गरिएको १० घरपरिवारलाई सामाग्री हस्तान्तरण गरिएको उनले बताए । कार्यक्रममा बोल्दै गोर्खबहादुर पुरीले यसखालको सहयोगले नेपालीहरु विदेशमा रहेर पनि सहयोग गर्न आतुर रहेको जनाए ।
उनले यस्ता खालका सहयोगले विपन्न परिवारको मनोबल बढाउन सहयोग गर्ने जनाए । कार्यक्रमका बारेमा जानकारी दिँदै नन्द चन्द ठकुरीले यस वडा समिति रहेकोमा आगामी बर्षमा यस्ता खालका सहयोगी मन भएकाहरुका लागि आफु र आफुसँग सम्पर्कमा रहेका ब्यक्तिहरु मार्फत सहयोग गर्ने बातावरण मात्र बनाएको बताए ।
कार्यक्रममा सहयोग पाएपछि स्थानीयहरु खुशी भएका छन् । यस्ता खालका सहयोग गर्ने मनहरुलाई धन्यवादसमेत दिएका थिए । सरकारले नहेरेको समयमा यसरी व्यक्तिगत खर्चमा आफुहरुलाई पनि केहि रकम छुट्टाएर सहयोग गरेकोमा धन्यवादसमेत दिएका थिए । उनीहरुलाई एउटा फाइबर सिरक र २५ केजी चामल दिइएको थियो ।
सत्यपाटी ।