सूचनाको शक्ति - The Power Of Information

        

बर्षकै सबैभन्दा छोटो दिन आज

काठमाडौं । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुनेछ ।

हरेक वर्ष जाडोमा हुने सोल्सटाइस (संक्रान्ति) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ । जसकारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ । हरेक वर्ष हुने यो सोल्सटाइस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन् । तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा एक दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ ।

प्रकाशित मिति : ६ पुष २०७६, आइतवार ०९:४३