चिरञ्जीवी ढकाल
१६,
पहिरोमा परानी
छातीभित्र ज्वालामुखी
रहर जलेर खरानी
१७,
कै रैछ खै दुखीको ?
उज्यालो जति सुखीको
सहारा आखिर टुकीको
१८,
मिल्दा रैछन उस्तै
आखिरमा सुस्तै सुस्तै
सबथोक ठ्याक्कै दुरुस्तै
१९,
उ माथि उस्कै माथि
कुर्सी पायो बिग्र्यो मति
भुले साथी पुराना जति
२०,
साम्यवादी लहर
उस्तै उस्तै छ कहर
व्यर्थ गरिएछ रहर
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।