बाँके । विज्ञानले ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन्, जसले आधुनिक विज्ञानलाई समेत चुनौती दिएको छ । इटालीमा १०१ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । उनको कोखबाट जन्मिएको १७ औं बच्चा हो ।
मानिसको सरदर आयुभन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो । १०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठानेकी छन् । बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।
सत्यपाटी ।