सूचनाको शक्ति - The Power Of Information

        

साइनोहरु

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

१.
झट्ट हेर्दा छ सस्तो
यो साइनो कस्तो कस्तो
जति बुझ्यो गहिरो जस्तो

२.
देश खोसिएको छ
जनता जोसिएको छ
राज नेता घोसिएको छ

३.
बुझ्दैछु त भन्छन
बुझ्दा बुझ्दै सकिन्छन
हुनै पाउँदैन मन्थन

४.
जतिसुकै काटेनी
पलाउने सुस्त सुस्तै
खिल र गुट उस्तै उस्तै

५.
पौरखी विदेशमा
सत्रु नासोको शेषमा
खन्चुवा खान कै रेसमा

नेपालगन्ज-२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०७:५८