
चिरञ्जीवी ढकाल
१.
धमिलियो पीरती
लाष्टमा जत्तीको तत्ती
व्यर्थै भो समयको खती
२.
लामपाते सुरती
धेरै लगाए पीरती
फोक्सो, मुटु, कलेजो, खती
३.
सिमलीको भुवाले
धन उडायो जुवाले
सडक पुर्यायो वुवाले
४.
न सकियो लगार्न
न त अंगालो नै मार्न
अप्ठ्यारो भो समस्या टार्न
५.
चल्यो शीत लहर
दुखीलाई भो कहर
मस्त निन्द्रामा छ शहर
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।