सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

थिए कति कति तिमीलाई, हार्न नसकिने कुरा ।
तिमीभित्र हराएका अन्त, सार्न निसकिने कुरा ।

जोगाउँ म कसो गरेर, तिमी सँधै परदेशमा,
छँदै छैन भनी अरुलाई, टार्न नसकिने कुरा ।

छरिन्छन पवनसँग, ईच्छा आकांक्षा वेग मारी,
कसरी जोगाउँ भन एक्लै, बार्न नसकिने कुरा ?

लुकाएर राख भन्छौ, भमराका नजरबाट खै,
कसो गरी लुकाउँ म यस्तो, झार्न नसकिने कुरा ?

तिमीले पनि त सोच्नुपर्छ,दोषी ठान्छौ एकोहोरो,
भित्रभित्र गुम्स्याएर चट्टै, मार्न नसकिने कुरा ।

 

नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
२९ मङ्सिर २०७६

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०८:५६