निश्चल गोरख बिक
म चावी भएर तिमीलाई ताला बनाउँछु
दुई आत्माको जीवन पढ्ने, पाठशाला बनाउँछु ।
कति मिलन हुन्छ छैन चर्चा कहानीको
सधैं बगिरहने मायाभित्र नदी, नाला बनाउँछु ।
मायामा बिछोडिने रित चल्दा धेरै यहाँ
बाँधिएका बन्धनहरु नछुट्टिने चलन, चाला बनाउँछु ।
जीवनभर तिम्रै साथ रहने बाचा गर्दै
आफु धागो बनेर तिमीलाई, माला बनाउँछु ।
आमूल परिवर्तन गर्ने नाउँमा यहाँ
स्वार्थीपनको टुंगो लगाउने, बाला बनाउँछु ।
दशेरा-५, जाजरकोट
०२ पुस २०७६
निश्चल गोरख बिक ।