सूचनाको शक्ति - The Power Of Information

        

मानसिक अपाङ्गता भएकी महिलाको पेटमा सात महिनाको गर्भ

प्रतिकात्मक तस्वीर

प्रतिकात्मक तस्वीर

दाङ । दाङको तुलसीपुरमा एकजना मानसिक अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत आइतवार भिडियो एक्सरे गर्दा उनको पेटमा सात महिनाको गर्भ रहेको देखिएको प्रहरीले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१० निवासी ती मानसिक अपाङ्गता भएकी महिला दिदीको घरमा आश्रय लिएर बस्दै आएकी थिइन् । पीडितकी दिदीले आफ्ना मानसिक अपाङ्गता भएकी बहिनी कुनै व्यक्तिको बलात्कार पछि गर्भवती भएको भन्दै दोषी पहिचान र न्याय दिलाइदिन माग गर्दै गत शुक्रबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएकी छन् ।

ईप्रका तुलसीपुरका प्रहरी निरिक्षक तथा निमित्त प्रहरी प्रमुख डम्मरबहादुर पालले पीडित महिलाकी दिदीले अभिभावक बिहिन मानसिक अपाङ्गता भएकी आफ्नी बहिनीलाई घरमा आश्रय दिएर राखेकै अवस्थामा कसैले बलात्कार गरि गर्भवती बनाएको निवेदनमा उल्लेख गरेको जानकारी दिए ।

बलात्कारपछि गर्भवती भएकी पीडित महिलालाई मानव सेवा आश्रम बुटवलमा पठाइएको राप्ती बहिरा संघ तुलसीपुरकी निर्देशक प्रतिमा शर्माले बताइन् । ‘तुलसीपुर उपमहानगरपालिका, अधिकारकर्मी लगाएको छलफल पछि पीडित महिलाको सुरक्षा र संरक्षणको लागि सहमतिमा बुटवल पठाउने निर्णय भएको हो,’ निर्देशक शर्माले भनिन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार १३:३३