चिरञ्जीवी ढकाल
माया के हो थाहा हुन्छ,गाढा भएपछि ।
छुट्टिएर दुई मुटु, टाढा भएपछि ।
सँधै हाँसी ज्युने ईच्छा, हुँदाहुँदै पनि,
ओठ सिई बस्नुपर्छ, छाडा भएपछि ।
छिस्स केही हुँदा पनि, दुख्ने चित्तभित्र,
चेत खुल्छ बज्नैपर्छ, भाँडा भएपछि ।
बनाउन गाह्रै हुन्छ, जिन्दगीको घर,
छानो बन्छ खर भाटा, डाडा भएपछि ।
दुख हुन्छ सुख हुन्छ, बुझ्न सक्नुपर्छ,
बुझ्न कुनै गाह्रो छैन, चाहा भएपछि ।
२७ मङ्सिर २०७६
नेपालगन्ज-२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।