बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जानेहरुको चासोको केन्द्रमा पर्छ ‘लालमटिया दरबार’ । विसं. २०४० को दशकमा कर्णाली नदीमा (चिसापानी) पुल बनाउन आएको जापानी टोलीको बसोबासका लागि बनाइएका भवनहरु अहिले बेवारिसे भएको छ ।
जापानी टोलीले पुल निर्माण सकेर फर्किने बेला सो भवन नेपाललाई हस्तान्तरण गरेका थिए । त्यसपछि तत्कालीन राजा वीरेन्द्र शाह जंगल सफारी तथा शिकारका लागि गएका बेला आराम गर्नका लागि सो भवन प्रयोग हुने गरेको थियो । राजाले आराम गर्न प्रयोग गर्ने भएकोले लालमटिया दरबार भन्ने गरिएको थियो । तर राजा बिदा भएसँगै सो दरबार हेलामा परेको छ ।
अहिले भवन जीर्ण अवस्था रहेको छ । स्थानीय बासिन्दाका अनुसार जापानी कामदारले प्रयोग गरेका बेला लामटिया कम्प्लेक्स, राजाले प्रयोग गर्न थालेपछि दरबार भन्न थालियो, अहिले बेवारिसे । माओवादी सशस्त्र युद्धका बेला सो दरबारमा आक्रमण भएको थियो । त्यसपछि त झन् ओझेमा परेको छ । त्यहाँका मेसिन तथा अरु सामग्री पनि त्यतिकै फालिएका छन् ।
सत्यपाटी ।