सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

कसरी बाँचुला एक्लै भने पनि,बाँचेको देखिन्छ
केही बेर आँसु झारे पनि, पुनः हाँसेको देखिन्छ ।

न तृष्णा छ अब न रहर छ, सबै मर्यो भन्छन्,
तिनै नै एकाएक मुस्कुराएर, नाचेको देखिन्छ ।

यस्तै रहेछ छुट्नु जुट्नु, जिन्दगीको रितीरिवाज,
टुक्रिएको प्रेमको डोरी नि अन्त, गाँसेको देखिन्छ ।

फुटाएर चुरा सबै, पखाले पनि सिन्दुरलाई,
वर्ष वित्न नपाउँदै फेरि नयाँ, टाँसेको देखिन्छ ।

कसैको नजरमा, स्वभाविक देखिन्छ भने यही,
कसैको नजरमा धर्म संस्कृति, माँसेको देखिन्छ ।

 

२४ कात्तिक २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०७:०८