सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

बदलियो मौषम गणतन्त्र, छाता लिएर आउनु ।
प्वालै प्वालछ घरको छानो, पाता लिएर आउनु ।

संबोधन हराएको छ, दाजुभाइ र इष्टमित्रमा,
सक्छौ भने घनिष्ट बनाउने, नाता लिएर आउनु ।

चकमन्न लाग्छ गाउँघर, चार्डपर्व आउदा पनि,
हल्लाखल्ला मच्चाउने, ढिकी र जाँता लिएर आउनु ।

देश झनझन टाट पल्टिएको, हल्ला छ जताततै,
हेर्नुपर्ने भो कसले कति सके, खाता लिएर आउनु ।

खान थाल्यो धमिराले, वहादुरीको निसानिलाई,
छिट्टै काडेर वैरीको छालाको, गाता लिएर आउनु ।

 

२३ कात्तिक २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १०:५७