बाँके । कोहलपुरमा आज भएको अप्रिय घटनाप्रति बाँकेका राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरुले दुख व्यक्त गरेका छन् । उनीहरुले सबै राजनीतिक दलका कार्यकर्ता तथा आम सर्वसाधारणलाई संयमित रहन आग्रह आग्रह गरेका छन् ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकले घटनाका घाइतेहरुको उपचारको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ । साथै कोहलपुरमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सबै राजनीतिक दलले आ–आफ्नो क्षेत्रबाट अपिल गर्ने निर्णय गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार जानकारी आज भएको आन्दोलनमा भएको क्षतिको क्षतीपूर्तिका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत भएको उनले बताए । नेकपा बाँकेका सचिव अशोक कोइराला, नेकपा ५ नं. प्रदेश समिति सदस्य नरेन्द्र न्यौपाने, समाजवादी पार्टी बाँके जिल्ला अध्यक्ष कमरुद्धीन राईको उपस्थिति रहेको थियो ।
साथै बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर सञ्जु चौधरी, नेपाली काँग्रेसका नारायणप्रसाद गौडेल, समाजवादी पार्टी कोहलपुर नगर अध्यक्ष श्रवणकुमार यादव र नेपाल उद्योण वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ सहभागी भएका थिए ।
यस्ते बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, बाँकेका प्रहरी प्रमुख बीरबहादुर ओली, शसस्त्र प्रहरी बलका दिपक अधिकारी, नेपाली सेनाका सेनानी प्रेमसिंह बोहरा, राष्ट्रिय अनुसन्धानका कमलप्रसाद भट्टराई तथा नेपालगन्ज र कोहलपुरका उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो ।
यसैबीच, भोली सोमबार बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द हुने भएका छन् । आज भएको घटनाप्रति दुख व्यक्त गर्दै जारी गरिएको विज्ञप्तीमा दुर्घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएका सबैको स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । साथै दुर्घटनापछिको अवस्थामा संयमता अपनाउन सबै पक्षलाई आग्रहसमेत गरिएको छ ।
क्रिशा बाँकेका अध्यक्ष शिवप्रसाद डागी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेगप्रकाश चन्दद्वारा संयुक्त हस्ताक्षर सहितको विज्ञप्तीमा विज्ञप्तीमा भनिएको छ, ‘विद्यालयजस्तो संवेदलशील क्षेत्रमा भएको अकल्पनीय दुर्घटनापछि उत्पन्न भएको परिस्थितिप्रति सबैलाई संयमित आग्रह गर्दै सडक दुर्घटनामा घाइते भएका विद्यार्थी तथा अन्य व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दर्छौ ।’
त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दको ट्रकको ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।
सत्यपाटी ।