
बाँके । १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस आज बाँकेको डुडुवा गाउँपालिकामा मनाइएको छ । गाउँपालिकास्तरिय आयोजित कार्यक्रममा समुदायस्तरमा स्वयंसेवी मानवियताको भावनाले काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको काम र जिम्मेवारी निकै महत्वपूर्ण भएको सहभागीहरुले बताएका थिए ।
स्वास्थ्य स्वयंसेविकाहरुले दिनरात समुदायस्तरमा स्वास्थ्यका क्षेत्रमा खटिएर काम गरिरहेका छन् । गाउँपालिकाले उनीहरुको कामको मुल्याकंन गर्दै आगामी वर्षदेखि प्रत्येक स्वयंसेविकालाई आवतजावतमा सहजताका लागि साइकल प्रदान गर्ने योजना रहेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले स्वयंसेविकाहरुको भुमिका जस्तै रहेका आमा समुहरुलाई समेत सक्रिय बनाइ स्वास्थ्य शिक्षालाई व्यापकता दिने प्रतिबद्धता गरे । गाउँपालिका अन्तरगत रहेका ६ वटा वडामा ५९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन । आज आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोलेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई विभिन्न प्रतियोगितासमेत गरिएको थियो ।
सत्यपाटी ।