सूचनाको शक्ति - The Power Of Information

        

कविता : साँच्चै

शोभी लुरुङ्ग मिरिक बजार, दार्जिलिङ्ग

भौतरिएको जिन्दगीलाई सोधे हुन्छ
कति मिलाउने मात्रै गर्छ सम्बन्धहरु
मन, मुटु, खुन सबैको एउटा नै हुन्छ
तर किन कतिले बुझ्दैन यस्तो कुराहरु ।

साउनको झरी एउटा दुई प्रेमी मिलन हुन्छ
नौलो माया नौलो चाहाना सबै मिल्छ प्रबन्धहरु
हरेक माया गर्नेको एउटा स्वभाव नै बन्छ
आज कति हो यस्तो उम्लिन्दो मायाहरु ।

हुन्छन् रे माया ? हुन्छ नि पक्कै मलाई माया गर्नुहुन्छ
कति सुन्दर बिचार दुई नै बसेको सम्बन्धहरु
एउटा माया हुन्छ बोलिरहन्छ उनीहरु कसैको के जान्छ
के लाएकी छौं के खायौ धेरै कल लागेन धेरै कुराहरु ।

हाम्रो घरघरमा अहिलेसम्म त त्यस्तो नै धेरै कारण हुन्छ
देखिएको आँखा मात्रै सत्य कानलाई आउँदैन सुगन्ध
अनि त आफ्नै भित्री के छ त्यो नै सबै भन्नू नै डराउँछ
जिउनु त एउटा नै समाज तर धेरै नै हुन्छ है सुराहरु ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०९:१३