चिरञ्जीवी ढकाल
सम्मान दिँदा हेपिएको, बुझाई हुने भए ।
नातो किन जोड्नु, मुटुमा दुखाइ हुने भए ?
सुरक्षा निकाय पनि, किन पाल्नु पर्यो यार ?
सीमानामा शत्रुहरुको, रजाइँ हुने भए ।
किन बली चड्थे ति,पूर्खाहरु माटाको लागि ?
लाछीहरुकै इतिहासको, हाईहाई हुने भए ।
इतिहास पढ्ने छ जब, भोलीको दाईले तब,
के हिड्न सिकाउला, हत्यारो भाइ हुने भए ?
के काम भए त्यस्ता मित्र, छिमेकी देखावटी ?
साँढेको जुधाई, बाच्छाको मिचाई हुने भए ?
१३ मङ्सिर २०७६
नेपागन्ज–२० राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।