सूचनाको शक्ति - The Power Of Information

        

चौरमा मृत भेटिए कुले दमाई

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कृषि हाट बजार नजिकै एक जना ब्यक्तिको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयले मृत अवस्थामा भेटिएका व्यक्ति कुले दमाई रहेको पुष्टि गरेको छ ।

स्थायी घर सुर्खेत भई कोहलपुर बस्दै आएका अन्दाजी ५४ वर्षका दमाई स्थानीय कृषि बजार नजिकै खुला चौरमा लुगा सिलाउँदै आएका थिए । उनको मृत्युको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

चौर नजिकै रहेको सानो खाडलमा डुबेको अवस्थामा दमाईको शव भेटिएको थियो । मृतक दमाई कोहलपुर नगरपालिका–१० ड्राइभर टोलस्थित आफ्नो दाजुसँगै बस्दै आएका थिए । शवको आजै पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ११:२५