सूचनाको शक्ति - The Power Of Information

        

आज मध्यरातदेखि उपनिर्वाचनको मौनअवधि

काठमाडौं । उपनिर्वाचनको मौनअवधि आज मध्यराती १२ बजेदेखि सुरु हुँदैछ । आउँदो शनिबार उपनिर्वाचन हुँदैछ । रातिदेखि मौनअवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनाव हुने क्षेत्रमा अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन् । प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।

यस्तै प्रदेशसभातर्फ तीन क्षेत्र र स्थानीय तहका ४८ गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह अन्तरगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्षका ४३ पदका लागि पनि उपनिर्वाचन हुँदैछ । उपननिर्वाचनमा १०१ दलले भाग लिँदै छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०९:१९