कैलाली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा कैलालीको गौरीगंगा नगरपालिकाले छाउगोठका कारण महिलामाथि हिंसा बढ्दै गएको भन्दै छाउगोठ भत्काएको छ । नगरपालिकाको उपप्रमुख अन्चला चौधरीको नेतृत्वको टोलीले वडा नं.१ बचलापुरस्थित स्थानीयका घरमा रहेका छाउगोठ भत्काएको छ । छाउगोठ भत्काउँदै उपप्रमुख चौधरीले समाजमा रहेको कुरितिका कारण महिलाहरुमाथि हिंसा बढ्दै गएकाले यस्ता कुरितीलाई जरैबाट उखेल्ने अभियान चलाउने बताएकी छन् ।
प्रकाश मिश्र ।