सूचनाको शक्ति - The Power Of Information

        

गुरुवागाउँमा रक्तदान, ५९ जनाले दिए रगत

बाँके । बाँकेको जानकी गाउँपालिका ५ नम्बर वडा कार्यालय बेलहरी गुरुवागाउँको आयोजनामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिरामीहरुलाई रगत चाहिएको सयममा सहज तरीकाले उपलब्ध गराउन पाँचौ पटक नियमित रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनमोहन बर्माले जानकारी दिए ।

जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादव र प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले रगतको पोका प्राविधिक तथा क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, गुन्जा कनौजियालाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा ५९ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा रक्तदाताहरुलाई हौसला बढाउनका लागि ज्याकेटको पनि ब्यवस्था गरिएको थियो । प्रत्येक तीन–तीन महिनामा रक्तदान कार्याक्रमको आयोजना गरिँदै आएको वडाध्यक्ष रमेशकुमार बर्माले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार १६:४८