सूचनाको शक्ति - The Power Of Information

        

मेडिसिटी अस्पतालभित्र डाक्टरले युवतीको गोप्य अंग समाएपछि…

काठमाडौं । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा.रोहितकुमार झा बलात्कार आरोपमा पक्राउ परेका छन् । आइतबार उपचारका लागि आएकी बिरामी युवतीलाई चेकजाँच गर्ने क्रममा भित्र कोठामा बोलाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।

मेडिसिटी अस्पताल बेलाबेला विवादमा पर्दै आएको छ । यो अस्पतालमा एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोका लगानी छ । पीडितले दिएको जाहेरीका आधारमा डा.झालाई सोमबार साँझ अस्पताल परिसरबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

उनका अनुसार सामान्य स्वास्थ्य जाँचका लागि आइतबार अस्पताल पुगेकी युवतीलाई इमर्जेन्सी वार्डसँगैको कोठामा डा.झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पक्राउ परेका डा.झा मेडिसिटी अस्पतालमा इमर्जेन्सी विभागमा कार्यरत छन् ।

ती युवतीले आफूलाई डा. झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । जाहेरीमा उल्लेख भएअनुसार डा.झाले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् ।

डा.झमाथि जबर्जस्ती करणी मुद्दा उद्योगअन्तर्गत अनुसन्धान शुरु भएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार डा.झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०९:२३