सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन २०७६ : कोहलपुरमा नमुना मतदान, तीन मत बदर

फाइल तस्वीर

बाँके । यही मङ्सि १४ गते हुने स्थानीय उपनिर्वाचनका क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा आज नमूना मतदान गरिएको छ । नमूना मतदानमा खसेको कुन ७० मतमध्ये तीन मत बदर भएको छ ।

नमुना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए । स्थानीय तहको उपनिर्वाचनका क्रममा मत बदर संख्या कम गर्ने उद्देश्यले गरिएको नमूना मतदानमा तीन मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिए । नमुना मतदानका क्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र आचारसंहिताको बारेमा पनि सहभागिहरुलाई जानकारी गराइएको थियो ।

नेपाल युवा संस्था संजाल (आयोन) तथा जिल्ला युवा क्लब संजाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रम अन्तरगत उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखिकरण तथा नमूना मतदान गरिएको जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १७:४४