सूचनाको शक्ति - The Power Of Information

        

श्याम गिरीको पहिलो गीति एल्वम ‘हे माया तिमी कहाँ छौं कहाँ’ बजारमा

बाँके । नेपाल आयल निगममा कार्यरत श्याम गिरी ‘रेडियोप्रेमी वान’ले पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएका छन् । ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको गीत पहिलो पटक बजारमा ल्याएका हुन् ।

गीतमा शब्द/रचना श्याम गिरी ‘रेडियोप्रेमी वान’को रहेको छ भने गायक भद्र वलीले आवाज दिएका छन् । नेपालगन्ज–१९ निवासी श्याम गिरीले प्रेमीप्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई गीतमा उतारेका छन् ।

गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दाहेर्दै दिन पनि भयो रात, ‘हे माया तिमी कहाँ छौं कहाँ’ भन्दै आफ्नो प्रेमिकालाई खोजी गरिएको छ ।

‘बगेको नदी फर्केर आउँदैन, झुटो माया सत्य हुँदैन’ भन्दै साँचो माया नै गरेको भए जहाँ भए पनि भेट्न प्रेमीले प्रेमिकालाई आग्रह गरेका छन् । ‘टुटेको सिसा फुटेर जुट्दैन, जीवितसरह मृत्यृु बोल्दैन,’ भन्दै प्रेमिकालाई भेट्न प्रेमीले आग्रह गरिरहेका छन् ।

करिब साढे पाँच मिनेटको अडियो गीतमा मायाप्रेममा हुने विछोड र त्यसपछिको पीडालाई व्यक्त गर्न खोजिएको रचनाकार गिरीले बताए । उनले भने, ‘मायाप्रेममा हुने विछोड र पीडालाई समेटिएको छ ।’ उनले यसलाई भिडियोमा ल्याउने तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार १०:०७