सूचनाको शक्ति - The Power Of Information

        

ब्राउन सुगरसहित बोहरा पक्राउ

बाँके । नेपालगन्जको सेतु बिक चोकबाट ९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सुर्खेत बीरेन्द्रनगर–६ का ३२ बर्षिय सुमित बोहरालाई पक्राउ गरेको हो । पक्राउ परेका बोहरालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बोहराका साथबाट भे ४ प १४८१ नम्बरको स्कुटीसमेत नियन्यत्रमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । पछिल्लो समयमा भारतीय बजार रुपैडिहबाट प्रतिबन्धित लागुऔषध लिएर आउने समुह प्रहरीको नियन्त्रणमा पर्दै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार १६:४०