काठमाडौं । बर्खास्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्री पदबाट बर्खास्त भएपछि लेखेको फेसबुक स्टाटसले चर्चा पाएको छ । बर्खास्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूले मन्त्री पदमा रहँदा ज्यामी माहुरीले झैं काम गरेको उल्लेख गरेका छन् ।
मन्त्री पदबाट बाहिरिएपछि फेसबुकमार्फत उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !
सत्यपाटी ।