बाँके । बाँकेको कोहलपुर नगरपालिका–११, लोकनगरबाट तीन किलो ७३० ग्राम प्रतिबन्धित पाँच औले जडीबुटीसहित तीन जना पक्राउ परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्युरो दाङ र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले प्रतिबन्धित पाँच ओले जडीबुटीसहित तीन जनालाई पक्राउ गरको हो ।
पक्राउ पर्नेमा कालीकोट पचालझरना गाउँपालिका–५ का ४६ वर्षीय अग्र बम, जुम्लाको हिम गाउँपालिका–६ का ३६ वर्षीया हेम अधिकारी र कोहलपुर नगरपालिका–११ का ५४ वर्षीय विश्वबहादुर शाही रहेका छन् । प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट प्रतिबन्धित जडीबुटी बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नयाब उपरीक्षक हेमबहादुर शाहीले पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको जानकारी दिँदै पक्राउ परेकाहरु भरिया हुन वा प्रतिबन्धित जडीबुटी कारोबारी हुन अनुसन्धानबाट खुल्ने बताए ।
सत्यपाटी ।