सूचनाको शक्ति - The Power Of Information

        

दाङमा भेटिए अत्याधुनिक हतियार

फाइल तस्बिर

फाइल तस्बिर

दाङ । दाङमा प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा उनीहरु हतियार छाडेर भागेको दाबी गरिएको छ । प्रहरीले यस घटनाको बारेमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०९:१९