सूचनाको शक्ति - The Power Of Information

        

तरुण दलका नगर सभापति शाहलाई पाँच बर्षको जेल सजाय मागसहित मुद्दा

बाँके । हतियारसहित कोहलपुर प्रहरीले पक्राउ गरेका नेपाल तरुण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहसहितलाई हात हतियार खरखजाना मुद्दामा पाँच बर्ष जेल सजाय मागसहितको मुद्दा जिल्ला अदालतमा आज शुक्रबार दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उक्त मुद्दा दर्ता गरेको हो । प्रहरीले रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालय अध्ययन गरेर उक्त माग गरेको हो । सोही विरोधमा तरुण दलले आज शुक्रबार बाँके जिल्ला बन्द गरेको थियो ।

कात्तिक १४ गते पक्राउ गरिएका शाहसहित चार जनालाई मुलुकी अपराधसंहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १४:५३