सूचनाको शक्ति - The Power Of Information

        

‘विप्लव’ नेकपाका जाजरकोट इन्चार्ज कोहलपुरबाट पक्राउ

बाँके । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका इन्चार्ज पक्राउ परेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती धमिल भनिने प्रेमप्रकास ओलीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर–२ बाट उनीलाई नियन्त्रणमा लिएको थियो । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेता कार्यकर्तालाई नियन्त्रणमा लिने गरेको छ ।

कोहलपुर प्रहरीका अनुसार जिल्ला इन्चार्ज ओलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०९:४१