सूचनाको शक्ति - The Power Of Information

        

बिहेको तयारीमा आँचल

काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिवाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् । गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिवाह तयारीमा जुटेकी छन् । मंसिर अन्तिम साता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ ।

ऋचाको बिवाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले पनि घरजम बसाउन लागेको समाचार मिडियामा छाउन थालेका छन् । आँचलले डा.उदीप श्रेष्ठसँग घरजम बसाउन लागेकी हुन् । एक वर्षदेखि उदीपको प्रेममा रहेकी आँचल अहिले प्रेमका विषयमा समेत खुल्न थालेकी छन् ।

उनले उदीपको तारिफ गरेर नथाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा जताततै भेट्न सकिन्छ । उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी छन् । एक कुराकानीमा उनले भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दै्छिन् । तर यस बिषयमा भने आँचलले केही बोलेकी छैनन् । हुन त आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएर सधै आउने गरेका छन् ।

फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ डेब्यू गरेका दुबैले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पनिसँगै काम गरेका थिए । धेरै म्युजिक भिडियोमा पनि जोडीका रुपमा देखिने आँचल र पलको प्रेमको चर्चा पनि नचलेको होइन, तर दुबैले भने यो बिषय कहिलै स्वीकारेनन् । फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्यस्त रहदै आएकी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १३:५०