सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व मधुमेह दिवस, विविध कार्यक्रम गरी मनाइँदै

बाँके । असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने रोगहरूबाट प्रभावित हुनेहरू पनि बढ्दै गएका छन् । सन् १९९१ देखि विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाईँदै आइएको छ ।

हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । यी दुई देशको बिचमा नेपाल छ ।

एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको छ । विकासोन्मुख देशहरूका जनता गरिबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरू ह्वात्तै बढ्ने गरेका छन् ।

मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान डाक्टरको सुझाव छ ।

यस्तै चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार ०८:४९