सूचनाको शक्ति - The Power Of Information

        

प्रेमी जोडीलाई नाङ्गै बनाएर भिडिओ खिच्ने तीन जना पक्राउ

दाङ । प्रेमी प्रमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने अपराधिक समुहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका–३ खमारी जंगलमा सोही ठाउँको विमल वली, नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो ।

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्र डम्वर पालका अनुसार यहीँ कात्तिक ३ गते बेलुकी चमेरे गुफा घुमेर फर्कने क्रममा एक प्रेम जोडीलाई बन्धक बनाएर अश्लील भिडियो बनाई पाँच लाख रुपैँया फिरौती माग गरेका थिए । सोही फिरौती रकम बुझ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चक्कु र मोटरसाइकलसमेत बरामद गरेको छ । घटनामा संलग्न अरु दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई अपहरण तथा शरीर बन्धक ऐन अन्तरगत मुद्धा चलाउने तयारी गरिरहेको प्रहरी निरीक्षक प्रवक्ता पालले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १५:१६