बझाङ । बझाङको बुङगल नगरपालिकाकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । खर काट्न गएकी बुङगल नगरपालिका–५ की अन्दाजी ३२ वर्षीय अन्जना धामीको विरेखोला, किलाहाल्ले भीरबाट लडेर मृत्यु भएको हो ।
उनी शनिवार बिहानै घरबाट खर काट्न भनेर निस्किएकी थिइन् । साँझसम्म घर नआएपछि परिवारले खोजी गरे पनि शनिबार अबेर रातीसम्म फेला पार्न सकेको थिएन । आइतबार बिहानै छिमेकीसहित खोजी गर्दा मृत फेला पारेको उनका श्रीमान अक्कल धामीले बताए । उनका दुई छोरा छन् ।
सत्यराज सिंह ।