शोभी लुरुङ्ग
मिरिक बजार, दार्जिलिङ्ग
पञ्चतत्वले बनेको भौतिक शरीर
एकदिन त जानुनै छ देवी देउरालीलाई
बिदा माङ्दै, मनभित्र अनेकौं इच्छाहरु
मारी जानुछ कुन देश या भयको सागारमा ।
जब सबै प्यारोभित्र नै छलकपट गर्दै कहिले
नआउने बाँचाहरू तोडि कहिले नछुने गरी
देखे सबै खोज्दैछु त्यो उडेको प्राणपखेरू सरी
त्यो चिचाएको पिडाहरू नभेटिन्ने सरी ।
मन नै कम्पन अँध्यारो छ कि उज्यालो
कालो होला कि गोरो निस्पटिएको त्यो कालो रात
मात्रै हो कि भिझेको परेली मात्रै हो कि
ब्याकुल बनेर आलो चिहानमा नै बसेको हो कि ?
आकृतिको कालो छाँयामा बस्ने पो भयो कि
त्यो ठाँउमा जो भेटे पनि एउटा सुदुर त्यो चौतरीमा
डरवान बीच पहिलाको दुश्मन नै भेटिए नि
एउटा दिशाभित्र देखिने काल्पनिक नै त होला ।
बाँचुञ्जेल कति डाह है रिस, आरिस
एउटा नै तितोसत्य मरण अवस्थाको
त्यो रुप कस्तो होला मुटु नै काम्ने
त्यो अवस्थापछिको देह कस्तो होला
वर्णन नै गर्नु नसकिने डर…डर…
शोभी लुरुङ्ग ।