सूचनाको शक्ति - The Power Of Information

        

महराको गल्तीमा राजनीतिक संरक्षण हुँदैन : अध्यक्ष दाहाल

दाङ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवर्तामान सभामुख कृष्णबहादुर महराले नैतिक रुपमा गल्ती गरेको बताएका छन् । बुधबार प्रेस संगठनले दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले महराले गरेको नैतिक गल्तीको गरेको भन्दै उनीमाथि उचित कानुनी कारबाही हुने बताए ।

महराले गरेको गल्ती गम्भीर भएको भन्दै गम्भीर गल्ती गर्दा नेतृत्वलाई समेत ढाँटेर थप गल्ती गरेको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले महराले गरेको गल्ती बुझ्न सुरुमा साथीहरुलाई पठाएको र पछि आफै जाँदासमेत ढाँटेको बताए । पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो । चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने, ‘नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’

उनले महराले गरेको गल्तीमा राजनीतिक संरक्षण नहुने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले महराको केस अदालतमा पुगिसकेका कारण यसबारे आफूहरुले भन्दा पनि अदालत नै आवश्यक कारबाही गर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १३:२०