सूचनाको शक्ति - The Power Of Information

        

हिमपातसँगै हल्का वर्षाको सम्भावना

काठमाडौं । देशको पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा शनिबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा हुस्सुसमेत लाग्न थालेको छ ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज राती पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने देखिएको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार ०७:४९