शोभी लुरुङ्ग
मिरिक बजार, दार्जिलिङ्ग
खै जिन्दगी के हो ?
त्रास… त्रासभरि
बाच्नु पर्ने, स्वतन्त्र भन्ने
कुरो त कुन मुलोको खेत ।
आफ्नु सुजल भविष्य सोचे
अरुको मुख खुल्छ कि भन्ने डर
लु डर छोडेर हिडे भने नि
कानपछि गतिछाडा भन्ने डर ।
यता सोचे मेरो दुई कोपिलाको
भविष्यहरुलाई मलजल त गर्दैछु
एउटा मनभित्रको सपना सोचेर
तर पनि कस्तो नाथे डर ।
जति माया पाए असल साथी
उनिले पनि मलाई एक्लो नै पर्यो
नयाँ साथी त हजारौं नै पाए
तर उ जस्तो पाउदिन कि भन्ने डर ।
कबिता पनि बराबरी कोर्दैछु
तर शब्द पो कति भूल होला कि
धेरै त शिक्षा छैन तर पनि एउटा
साहित्य प्रती रुझान अर्को डर ।
पार्टी पोल्टिक्स गर्नु त झन्
समय नै छैन यहाँ खै कस्तो हुन्छ
तर पनि गोर्खे मनहरु दुख्दा
कस्तो हुन्छ मुटु नै काम्ने डर ।
भोग्नु भोगियो जिन्दगी खपिस बने
के होला मेरो एउटा प्रश्न डर ?
शोभी लुरुङ्ग ।