सूचनाको शक्ति - The Power Of Information

        

तिहार बिदामा निगमको डिपो खुल्ला

काठमाडौ । नेपाल आयल निमगले चाडपर्वको समयमा इन्धन अभाव हुन नदिन तिहार बिदाका दिन पनि देशभरका डिपो खुल्ला राख्ने भएको छ । चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो ।

इन्धनको अभाव हुन नदिइ आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ । उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग ज्यादा हुने गर्दछ ।

इन्धनको कुनै अभाव हुन नदिन तिहारका बेला आवश्कयता अनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए । थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात छ । निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ । बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकता अनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार २०:०३