बाँके । नेपाल औषधि व्यवसायी संघ बाँकेको प्रथम जिल्ला अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आज पदभार ग्रहण गरेको छ । कात्तिक २ गते भएको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आज औपचारिकरुपमा सपथ ग्रहण गरेर कार्यभार सम्हालेको हो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ भेरीका अध्यक्ष अभयकुमार बस्नेतले निर्वाचनका क्रममा देखिएका असन्तुष्टि र गुनासाहरुलाई बिर्सेर एकजुट भई अघि बढ्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । उनले एक अर्काबीच सहयोगको भावना राखेर व्यवसायीहरुका हकहितका पक्षमा एकजुट हुन आग्रह गरे ।
तीन बर्षिय कार्यकालका लागि बसन्त शर्माको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पवनकुमार बानियाँ, महासचिवमा जीवन शर्मा, सचिवमा प्रदिप साहु, कोषाध्यक्षमा लेखनाथ बगाले र सह–कोषाध्यक्षमा पूर्णदेव गिरी, सदस्यहरुमा उज्जरमान घर्ती मगर, सन्तोष सिंह घर्ती मगर र सन्तोष सिंह रहेका छन् ।
सत्यपाटी ।