सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन प्रवर्द्धनमा शारदा इभेन्ट

बाँके । कोहलपुरमा पर्यटकीय क्षेत्रको विकाससँगै पर्यटन गतिविधि पनि बढ्न थालेका छन् । सरकारी तथा नीजि संघसंस्थाहरु पर्यटन प्रवद्र्धन गर्न क्रियाशिल बनेका छन् । तीव्र गतिमा विकास भइरहेको कोहलपुरमा पर्यटन सम्बन्धी गतिविधिहरुले पनि तीव्रता पाइरहेका बेला शारदा इभेन्ट्स नेपालले पनि पर्यटन क्षेत्रको प्रचारका लागि विभिन्न इभेन्ट्सहरु गर्दै आएको छ ।

पछिल्लो पटक शारदा इभेन्ट्सले कोहलपुरमा पहिलो पटक मिस्टर एण्ड मिस कोहलपुर–२०७६ आयोजना गरेको छ । होटल सेन्ट्रल प्लाजामा आयोजना गरिएको इभेन्टमा मिस्टर कोहलपुर विजेता विपिन खड्का र मिस कोहलपुर विजेता अस्मिता शर्माले नगद ५०/५० हजार रुपैयाँ हात पारेका थिए ।

त्यस्तै फस्ट रनर अप आशिस चन्द र निशा चौधरीले २५/२५ हजार रुपैयाँ तथा सेकेन्ड रनर अप योगेशकुमार श्रीस र श्रुति शर्माले १५/१५ हजार रुपैयाँ हात पारेका थिए भने अन्य टप १० जनाले पनि सब टाइटल पाएका थिए । पुरस्कारको व्यवस्थापन शारदा एजुकेशन पार्क शारदा भवन कोहलपुरले गरेको थियो । कोहलपुरको ऐतिहासिक, साँस्कृति तथा धार्मिक स्थलहरुको पर्यटन विकासमा सहयोग पु¥याउनका लागि आयोजना गरिएको इभेन्टमा सहभागीहरुले स्थानीय भेषभुषा र भाषा झल्किने गरी आफ्ना प्रस्तुति राखेका थिए ।

इमेभ्टमा उद्योग वाणिज्य महासंघ प्रदेश ५ का सदस्य नरेन्द्रप्रसाद शर्मा, इभेन्ट डाइरेक्टर रोनिशराज गौतम, मिन नेपाल २००५ की विजेता सुगारिका केसी, फिल्म निर्देशक समिर बलामी, राइजिङ्ग नेपालका पशुुपति खत्री, मोडल मञ्जेश गिरी, मिस पश्चिमाञ्चल सुस्मिता थापा मगर लगायतको उपस्थिति रहेको शारदा इभेन्ट्स नेपालकी कल्पना चन्द ठकुरीले जानकारी दिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार १४:०१