सूचनाको शक्ति - The Power Of Information

        

कविता : परिचित

शोभी लुरुङ्ग मिरिक बजार, दार्जिलिङ्ग

शोभी लुरुङ्ग
मिरिक बजार, दार्जिलिङ्ग

भीडहरूको बीच एउटा सुन्दर मुहार
नशालु आँखाको भाव,
एकै चोटि हेर्दामै मधुमुग्ध भयो नजर
झरझराउदो मुहारले झन् बिहोस बन्न पुगेछु ।

पहिलो दिनको दर्शन मननै उत्साहित
सँधै सँधै धाउन मन भो त्यहीँ भीडमा
अल्झेर बसेछ त्यहीँ सातो झस्केर
यो मनलाई अब तृष्णा लाग्न थालेछ ।

दिनदिनै मनको आतुरी बड्न थालेछन्
एकैछिन नदेख्दा पनि यो मनमा
हजारौं शंका जाग्नु थालेछ खै,
उसको कस्तो नजरु बाण खुत्रुक्कै पारेछन् ।

समयहरु पनि अब कोल्टे फेर्नु थालेछन्
एकोहोरो मायाको सामु दैव नै टेकेछन्
प्रतिदिनको हेराईले बर्ष नै काटेछन्
आँखीझ्यालमा उसैको छबि ‘परिचित’ बनी बसेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार ०७:११