चिनियाँ राष्ट्रपति सी जिनपिङ
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । हाल भारतमा रहेका राष्ट्रपति सी शनिबार बेलुका ५ बजे काठमाडौँ आइपुग्ने छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।
२३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो । सी को भ्रमणलाई सरकारले अत्याधिक महत्व दिँदै उच्चस्तरको तयारी गरेको छ । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । चिनियाँ राष्ट्रपति सी शनिबार बेलुका पाँच बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तथा विमानस्थलमै गार्ड अफ अनर प्रदान गर्ने तयारी छ ।
सी ले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ । दुई देशबिचको सम्बन्ध र सहकार्य बिस्तार तथा थप मजबुद बनाउनका लागि महत्वपूर्ण अवसर रहेकाले सी को भ्रमणलाई चाडकै रुपमा मनाउने तयारी सरकारले गरेको यसअघि नै बताइसकेको छ ।
सी को भ्रमणका क्रममा कनेक्टिभिटी, अरनीको राजमार्गको स्तरोन्ती, केरुङ–छहरे सुरुङमार्ग, रेलमार्ग, विद्युतको अन्तरदेशीय ट्रान्समिसन लाइन बिस्तारसहितका विषयमा छलफल तथा सहमति हुने जनाइएको छ । यस्तै चीनसँग जोडिएका उत्तरी सीमा नाका किमाथाङ्का, कोरल्ला र हिल्साको स्तरोन्तीका बारेमा पनि छलफल हुनेछ ।
भ्रमणअघि राष्ट्रपति सी ले भने, ‘हिमालय वारीपारीको उन्नति र मित्रतातर्फको यात्रा’
म नेपाल आउँदैछु, राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा । यो मेरो पहिलो यात्रा भए पनि नेपाल मेरा लागी अपरिचित ठाउँ हैन । धेरै पहिलादेखि नै नेपाल जाने इच्छा थियो मेरो, त्यहाँका विशाल हिमाल नदीनाला र विशिष्ट संस्कृतिलाइ आफ्नै आँखाले नियाल्न । मैले विभिन्न अवसरमा चीन आएका धेरै नेताहरुसँग भेटघाट गरेको छु र उनीहरुसँम मित्रता गाँसेको छु ।
म यो आकर्षक भूमिमा टेकी मित्रता नवीकरण गर्न र नेपाली मित्रहरुसँग सहयोगको सम्भावना अघि बढाउन आतुर छु । हामी दुई देश मिलेर दुई पक्षीय सम्बन्धको नयाँ खाका बनाउन सक्छौँ भन्ने आशा मैले गरेको छ । हिमाल र नदीहरुले जोडेका निकट छिमेकी हुन् नेपाल र चीन । दुई बीचको मित्रता धेरै पुरानो छ । १६०० वर्ष भन्दाअघि चिनियाँ भिक्षु फाई यान र नेपाली भिक्षु ब्रम्हभद्र एक अर्काको मुलुकमा गई मिलेर बुद्ध धर्मग्रन्थहरुलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए ।
आजसम्म उनीहरुले गरेको अनुवाद प्रभावकारी रही आएको छ । चीनको टांग बंस (६१८–९०६) मा नेपालकी राजकुमारी भृकुटीको विवाह भएको थियो तिब्बती राजा श्रङचङ गम्पोसँग । चिनियाँ भिक्षु हुएन सांगले बुद्धको जन्मथलो लुम्बिनी भ्रमण गरी आफ्नो तीर्थयात्राबारे बहुमुल्य कीर्तिहरु लेखेका थिए । युआन वंश (१२७१–१३६८) का समय प्रख्यात नेपाली कलाकार अरनिकोको नेतृत्वमा एउटा टोली चीन पुगी सेतो स्तुपा निमार्णको नेतृत्व सम्हालेका थिए वेइजिङको मैयाङमा ।
चीनका अन्य भागमा पनि सुन्दर निमार्ण कार्य गर्यो त्यो टोलीले । हाम्रा अतीततका केही सहकार्यका नमुना हुन यी जसले चीरकालीन मित्रतालाई प्रेरित गरेका छन् दुई मुलुकका जनताबीच । चीन र नेपालले सन १९५५ मा कुटनीतिक सम्बन्ध स्थापित गरे यता हाम्रा दुई मुलुकले एक अर्काे प्रति आदर, विश्वास र समर्थन देखाएका छन् समानता, मित्रता र आपसी लाभका सहयोगका उदाहरण प्रस्तुत गर्दै ।
चीन र नेपाल असल मित्र हुन जुन आपसी विश्वास र आदरबाट निर्देशित छन्
शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त अनुरुप हामीले सफलतापूर्वक आफ्ना सीमा निर्धारित गरेका छौँ । विशाल हिमालय श्रृङ्खलालाई हामीले दुई देश बीचको मित्रताको प्रतिक बनाएका छौँ । हाम्रा मुख्य हितमा हामी एक अर्कालाई समर्थन गर्छाैँ । नेपाल एक चीन नीतिको पक्षमा दरिलोसँग उभिएको छ र चीनविरुद्धमा कुनै शक्तिलाई नेपाली भूमि प्रयोग गर्न उसले निषेध गरेको छ । चीनले उसको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र भू–अखण्डतासँगै राष्ट्रिय यर्थाथमा आधारित विकास पथ अगाल्न नेपाललाई त्यत्तिकै दरिलोसँग समर्थन गरेको छ ।
चीन र नेपाल स्वभाविक फाइदाका सहयोगमा राम्रा साझेदार हुन्
नेपाल चीनको महत्वपूर्ण व्यापार तथा विकाश साझेदार हो दक्षीण एसियामा । दुई पक्षीय व्यापार १ –१ अर्ब डलरको हाराहारीमा छ भने नेपालमा चिनियाँ लगानी गत वर्ष ३० करोड डलर भन्दा माथि पुगेको थियो । नेपाल ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ मा सक्रिय साझेदार हो । नेपाल राजमार्ग निर्माण र विस्तार, वन्दरगाह, विमानस्थल र उर्जा परियोजना जस्ता कैयौँ भौतिक पूर्वाधार निमार्णमा चीनसँग सहकार्य गरिरहेको छ । हिमाल वारीपारी सम्पर्क सञ्जालले दुई देशमात्र हैन समग्र क्षेत्रलाई नै फाइदा पुर्याउने छ ।
जनस्तरको आदानप्रदानबाट असल छिमेकी राष्ट्र चीन र नेपालले फाइदा उठाइरहेका छन् । लुम्बिनीस्थित चिनियाँ बुद्धिष्ट गुम्बा ‘झोङ हुआ’ हाम्रो धार्मिक र सांस्कृतिक अन्तरक्रियाको एउटा प्रतिकका रुपमा उभिएको छ । दक्षिण एसियामा चीनले उसका नागरिकका लागि अनुमोदन गरेको गन्तव्यस्थलका रुपमा नेपाल पहिलो मुलुक हो । दुई देशबीच प्रत्येक हप्ता ६० हवाई उडान छन् र प्रतिवर्ष करिब ३ लाख व्यक्तिहरु एकअर्काे मुलुक पुगेका छन् । दुईतिर गरी ११ ‘भगिनी’ सम्बन्धका शहरहरु छन् । आदान प्रदानको यो बढोत्तरीको सिलसिलाले हाम्रा नागरिकलाई निकट ल्याउनुका साथै दुवै मुलुकको विकाशलाई तिव्रता दिएका छन् ।
चीन र नेपाल असल दाजुभाइ हुन् जो सधैँ एक अर्काको लागि उभिएका छन्
सन २००८ मा विनाशकारी भूकम्प बेनचुआन जाँदा नेपाल सरका र जनताले उद्धार र राहत सँगै उदार सहयोग र्पुयाएका थिए । त्यसरी नै सन २०१५ मा नेपालमा गएको भूकम्पमा चिनियाँ सरकार र जनता नेपालमा वृहत उद्धारमा उत्रेका थिए । भूकम्पपछिको पुननिर्माणमा चीन संलग्न रहीआएको छ । यी चम्किला उदाहरण हुन् चीन र नेपाल कसरी दाजुभाइ जसरी अघि बढेका छन् भन्ने सावित गर्न ।
नेपाल सरकार र जनता ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा अगाडि बढाउन लागिपरेका छन् भने चीन सरकार त्यहाँका जनता ‘टु सेन्टेनरी गोल्स’ (दुइवटा सय वर्ष) सफलताका लागि जुटेको छ । दुई देशका जनताको आकांक्षा र भविष्य निकटसँग जोडिएको सन्दर्भमा समयको माग अनुसार चीन र नेपाल जुट्नु र असल भविष्यका लागि सहयोग बढाउनु स्वभाविक हो । सहकार्यबाट दुई मुलुक यसरी अगाडि बढ्न सक्ने छन् ।
रणनीतिक सञ्चारलाई थप प्रगाढ बनाउनु रणनीतिक र दीर्घकालिन अवधारणासहितको मार्ग्चित्र मार्फत दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आवश्यक छ । हामीले उच्चस्तरीय आदान प्रदान, राजनीतिक तहको विश्वासमा बढोत्तरी र अर्कासँग सरोकार राख्ने महत्वपूर्ण विषयमा एक अर्कालाई समर्थन गर्नुपर्ने हुन्छ । शासन र विकाशमार्पत जनतालाई फाइदा पुर्याउन अनुभव आदान प्रदान प्रभावकारी हुन सक्छन् ।
व्यवहारिक सहयोग विस्तार गरौँ
हिमालय वारीपारी बहुआयामिक सम्पर्क सञ्जाल निमार्णमा हामीले थप प्रयास गर्न आवश्यक छ । चीनले नेपालमा चार प्राथमिक क्षेत्रमा चिनियाँ लगानीलाई समर्थन गर्दछ । ती हुन् व्यापार र लगानी, भूकम्प पश्चातको पुननिर्माण, उर्जा, पर्यटन । त्यस्तै चीन दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपोमा नेपालको सहभागितालाई स्वागत गर्दछ । यसबाट नेपालका विशेष उत्पादनको चीनमा निर्यातलाई प्रोत्साहित गर्न सहज हुनेछ । त्योसँगै भूकम्पपछिको पुननिर्माण मार्फत हरसम्भव सहयोगबाट नेपाली जनताको जीवनस्तर उकास्न चीन लागि नै रहने छ ।
जनताबीचको आदान प्रदानमा विस्तार
शिक्षा, युवा र पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्दै हाम्रा विमान सेवालाई थप सिधा उडानहरुमा दुईतर्फका यात्रा बढाउनु आवश्यक छ । भ्रमण वर्ष २०२० लाई चीन समर्थन गर्दछ, र नेपाल भ्रमण गर्न उसले धेरै चिनियाँहरुलाई प्रोत्साहित गर्नेछ । प्रतिभाशाली युवा नेपालीहरुलाई चीनले अझ बढी सरकारी छात्रवृत्ति प्रदान गर्दै नेपालको विकाशलाई आवश्यक थप व्यवसायिहरुलाई तालिम दिने छ । नेपाली विद्यार्थीहरुलाई चीनमा स्वागत गर्न चीन उत्सुक छ ।
सुरक्षा सहयोग बढाऔँ
चीन नेपालमा कानुन कार्यान्नयन क्षमता अभिवृद्धिमा समर्थन गर्दछ । त्यसका लागि कानुन कार्यान्नयन तालिम सहयोग दिन उ इच्छुक छ । अन्तराष्ट्रिय अपराधविरुद्ध प्रभावकारी ढंगले लड्न सीमा सुरक्षा निकायबीच सम्पर्कको स्तरवृद्धि गर्न आवश्यक छ । त्यसले हाम्रा नागरिकहरुको सुरक्षा र अवरोधरहित व्यापारमा सहगोग पुर्याउनेछ । त्यस्तै पारस्परिक भ्रमण, कर्मचारी तालिम, उपकरण र प्रविधि सृदृढ गर्न पनि आवश्यक छ ।
नेपालीमा उखान छ ‘थोपा थोपाले घैँटो भरिन्छ’ । त्यस्तै चिनियाँ उखान छ ‘आगोमा सबैले दाउरा थपे ज्वाला आकासिन्छ’ । म विश्वस्त छु कि हामी दुई मुलुकले मित्रताको हाम्रो परम्परालाई अगाडि बढाउँदै आदान प्रदान र सहयोग अगाडि बढाएमा हाम्रो मित्रतालाई हिमालमाथिबाट पारी लैजान हामी सक्षम हुनेछौँ । (आफ्नो राजकीय भ्रमणको पूर्वसन्ध्यामा ‘द राइजिङ नेपाल’मा प्रकाशित चीनका राष्ट्रपति सी जिनपिङको लेखको अनुवाद )
सी जिनपिङ - ।