सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरपालिकाद्वारा घाइते गाईको उद्दार

बाँके । बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा सडक दुर्घटनामा परेर गम्भीर घाइते गाईको नेपालगन्ज उपमहानगरपालिकाले उद्दार गरेको छ । दुर्घटनामा गरेर दुई सातादेखि हिँड्डुल गर्न नसकेको गाईको आज उपमहानगरपालिकाको टोलीले उद्दार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाको निर्देशनमा नगर प्रहरी निरीक्षक सुर्य बोगटी, प्रहरी सहायक निरीक्षक विकास गौतम, पशु स्वास्थ्य शाखा प्रमुख लक्ष्मी शाहीसहितको टोलीले घाइते गाईको उद्दार गरेर भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जमा उपचारका लागि पुर्याएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख शाहीले केन्द्रसँगको सहकार्यमा घाइते गाईको उपचार सुरु गरिएको जानकारी दिइन् । दुई साताअघि स्कुटरले ठक्कर दिएपछि गम्भीर घाइते गाई हिँडडुल गर्न नसक्ने अवस्थामा सडक किनारमा भोकभोकै कसिरहेको थियो । घाइते गाईसँगै रहेको बाच्छालाई पनि उद्दार गरिएको र उनीहरुलाई आहारको पनि ब्यवस्थापन गरिएको पशु स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १३:१०