सूचनाको शक्ति - The Power Of Information

        

मेल्तडीमा भालु आतंक, स्थानीय त्रसित

सत्यराज सिंह । बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकामा भालु गाउँमै आउन थालेको छ । खप्तड छान्ना गाउँपालिका–३ मेल्तडीमा खप्तड राष्ट्रिय निकुञ्जबाट भालु आउने गरेको स्थानीयले बताएका छन् । खप्तड छान्ना गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट भालुहरु मेल्तडी गाँउमा देखा पर्न थालेको स्थानीयवासी गजेन्द्र रावलले बताए ।

उनका अनुसार मेल्तडी गाउँको कोटतला भन्ने स्थानमा भालुको आक्रमणवाट मंगलवार मात्रै स्थानीय सुर्जनबहादुर रावलको गोठमा रहेका एक हल गोरु लगायत चार वटा पशु चौपायालाई आक्रमण गरेको छ । अहिलेसम्म चार वटा चौपायालाई भालुले आक्रमण गरेकोे स्थानीयले बताएका छन् । यसरी भालुले गाउँभित्र आएर गोठमा बाँधेका गोरुहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १२:५४