सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिकाको आँगनमै खानेपानी अभाव, जनप्रतिनिधिको चर्को आलोचना 

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका अगाडी खानेपानी भर्नकै लागि लाइनमा लागेका सर्वसाधारणहरु । स्थानीय सरकारको केन्द्रका रुपमा रहेको जामुने बजारमै खानेपानीको हाहाकार भएपछि ‘गाउँगाउँमा सिंहदरबार’ नारा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तै’ भएको छ । गाउँपालिकाकै मुख्यालय रहेको जामुने बजारमा सहजरुपमा खानेपानी वितरणका लागि गाउँपालिका उदासिन देखिएको भन्दै गाउँपालिकाबासीले जनप्रतिनिधिहरुको चर्को आलोचना गर्न थालेका छन् ।

सिम्ता गाउँपालिका–१ निवासी रबिकिरण हमालले आफ्नो फेसबुकमा लेख्छन्, ‘गाउँपालिकाको आँगनमै खानेपानीको अभाव देखिनु समग्रमा जनता आधारभुत आवश्यकता सहजै परिपुर्ति गर्न सकिरहेका छैनन् भन्ने प्रमाण हो । विकास र समृद्धिका कुरा जनतालाई आधारभुत आवश्यकता सजिलोसँग परिपूर्ति गर्न सकेको दिन गरौंला, स्थानीय सरकार गम्भीरतापूर्वक लागोस् । अबको बाँकी करिब ढाई वर्षमा सबै वडाका जनतालाई दीर्घकालीनरूपमा १२ महीना शुद्ध खानेपानी पनि ब्यवस्थापन गर्न सकिएन भने अरु कुरा फगत गफ मात्र हुनेछन् ।’

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १३:५९