बाँके । जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्यांकलाई हेर्दा नेपालगन्ज नाका सधैं चर्चामा हुन्छ । दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पुर्याउन नेपालगन्ज नाकाको प्रयोग गर्दै आएका छन् । सधैं भीडभाड हुने भएकाले दलालले यो नाकाको प्रयोग गर्ने गरेका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लाबाट महिलाहरु तरकारी किन्न रुपैडिहा जान थालेको भन्दै नाका पार गर्ने प्रयास गर्दा पक्राउ पर्ने गरेका छन् ।
भारतका कोठी तथा खाडीमुलुकबाट उद्धार गरिएका अधिकांश महिलाले नेपालगन्ज नाका हुँदै गएको बयान दिने गरेका छन् । भारतको कोठीबाट नेपाली चेलीको उद्दार गरेर फर्काउनु कम्ती चुनौतिपूर्ण र जोखिमपूर्ण छैन । बेचिएका र जोखिममा परेका चेली फर्काउनका लागि नेपाल र भारतबीच सन्धी, सम्झौता छैन । त्यस्तै, कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारण उद्दारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने गरेको छ ।
मानव बेचबिखनविरुद्ध क्रियाशिल रहेको संस्था माइती नेपालले भारतका विभिन्न ठाउँमा खोजी ‘अपरेशन’ सञ्चालन गरी एक बर्षमा ५४ जनालाई फर्काउन सफल भएको छ । माइती नेपाल नेपालगन्जले आर्थिक वर्ष २०७५/०७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्दार गरेको छ । जसमा तीन जना तेस्रो मुलुकका रहेका छन् । माइती नेपाल चेलीहरुको उद्दार गर्न आफ्नै संयन्त्रमार्फत भारतको दिल्ली, आगरा, मेरठ, इलाहाबाद लगायतका स्थानमा पुग्छ ।
माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइराला धेरै पटक चेलीहरु खोज्न भारत पुगेको बताउँदै भन्छन्, ‘नेपाली चेली बेचिएका स्थानहरुमा रेकी गरेर चेली भएको सुनिश्चित भएपछि भारत स्थित संघ, संस्था र स्थानीय प्रहरीको सहयोगमा छापा मार्ने गरेका छौं । सूचना चुहिँदा कतिपय बेला सोचेजस्तो सफलता हात नपर्ने पनि हुने गरेको छ ।’ माइती नेपालले सूचना चुहिने जोखिमले स्थानीय प्रहरीभन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिने गरेको छ ।
भारतका कोठीमा छापा मार्दा माइती नेपालको टोली आफै खोजीका लागि सक्रिय हुने गरेको छ । कोठीमा बेचिएका युवतीहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । संयोजक कोइरालाले कोठीमा छापामा मार्दा उनीहरुलाई च्यानल गेटभित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाएमा सुरुङ्गहरुभित्र लुकाएर राख्ने गरेको पाइएको अनुभव सुनाउँछन् । ‘कोठीमा भोगेको नारकीय जीवन र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्दारलाई अस्वीकार गर्न खोज्छन्,’ उनी भन्छन्, ‘त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानुनी उपचार र पुनस्र्थापनामा पनि सहयोग गर्छौ ।’
माइती नेपालले चेलीहरुको उद्दारपछि भारत स्थिति सरकारी आश्रय स्थलमा राख्ने गरेको छ । ‘कोठी सञ्चालकविरुद्ध कानुनी कारवाही र क्षतिपूर्तिका लागि समेत भारतमा सहजीकरण गर्छौं’, उनले भने । माइती नेपालले श्रम र यौनशोषणमा परेकाहरुको उद्दार गर्दै आएको छ । माइती नेपालले आव २०७४/०७५ मा ५२, २०७३/०७४ मा ५१, २०७२/०७३ मा २६, २०७१/०७२ मा १९, २०७०/०७१ मा ३१, २०६९/०७० मा १४ र २०६८/०६९ मा चार जनाको उद्दार गरेको छ । माइती नेपाल नेपालगन्जले भारत प्रवेश गर्ने नाकामा निगरानी गर्दै जोखिमपूर्ण यात्रा गर्नेहरुलाई उद्दार गर्दै आएको छ ।
त्यसक्रममा आवधिक गृहमा समेत उद्दार गरिएकालाई राख्ने गरेको छ । आव २०७५/०७६ मा ९०२ जनालाई माइती नेपालले सीमाबाट उद्दार गरी आवधिक गृहमा पठाएको थियो । माइतीले आव २०७४/०७५ मा ९३०, २०७३/०७४ मा १ हजार १२७, २०७२/०७३ मा ८५०, २०७०/०७१ मा ४०४ जनालाई उद्दार गरी आवधिक गृहमा राखेको थियो । माइती नेपालले आव २०७५/०७६ मा ३५१ जनालाई नेपाल भारत सीमाबाट नै परामर्श दिई घर फर्काएको जनाएको छ । त्यसअघिको आवमा २८८ जनालाई माइती नेपालले बोर्डरबाट फर्काएको थियो ।
घरपरिवारलाई थाहा नदिएर वा कतिपय सल्लाहले गएकाहरू केही महिनापछि सम्पर्कमा नआउने र आफन्तले खोजतलास तथा उद्धारका लागि निवेदन दिने गरेको संयोजक कोइरालाले जानकारी दिए । विपन्न, निरक्षर महिला, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडी मुलुकमा पुर्याउने गरेका छन् । आफ्नै ठाउँमा दुखले बाँच्नुभन्दा खाडीमा गएर काम गरेमा पैसा कमाइन्छ भन्ने मानसिकताले दलालको पछि लाग्ने धेरै रहेको कोइरालाले बताए ।
‘त्यसरी अवैधानिक तरिकाले खाडी मुलुकमा जाँदा महिलाले दुख पाएका छन्,’ उनले भने, ‘भारतीय सहरमा बेचिने महिला पनि सामाजिक सन्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएका धेरै छन् ।’ एकथरी खाडी जाने र अर्कोथरीलाई प्रेममा पारेर कोठीको जोखिमपूर्ण यात्राबाट रोक्न नेपालगन्ज नाकामा प्रहरीसहित आधा दर्जन मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यसका बाबजुद महिलालाई यो नाकाबाट भारत र भारत हुँदै खाडी मुलुक पुर्याउन दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाइ छ ।
जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्यांकलाई हेर्दा नेपालगन्ज नाका सधैं अगाडि देखिएको छ । महिलालाई भारत तथा खाडी मुलुकमा पुर्याउन नेपालगन्ज नाकाको प्रयोग गर्दै आएका छन् । सधैं भीडभाड हुने भएकाले दलालले यो नाकाको प्रयोग गर्ने गरेका हुन् । भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकांश महिलाले नेपालगन्ज नाका हुँदै गएको बयान दिने गरेका छन् ।
दलालको राम्रो काम र दामको प्रलोभनमा परेर भारत तथा खाडी मुलुक गएका महिला लामो समय आफन्तको सम्पर्कमा नआएपछि घरपरिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्था र प्रहरीमा खोजतलासका लागि निवेदन दिने गरेका छन् । दलालको राम्रो काम र दामको प्रलोभनमा परेर भारत तथा खाडी मुलुक गएका आफन्त सम्पर्कमा नभएका घरपरिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्था र प्रहरीमा खोजतलासका लागि निवेदन दिने गरेका छन् ।
गरिबी, अशिक्षा, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडीमुलुकमा पुर्याउने गरेका छन् । ‘घरमा पनि दुःख पाएकै छौँ । खाडीमा गए पनि यहाँभन्दा के नै दुख होला र ?’ भनेर दलालको पछि लाग्नेको पनि कमी छैन । संयोजक कोइरालाले अवैधानिक तरिकाबाट खाडी मुलुकमा जाँदा महिलाले दुख पाउने गरेको बताए । भारतीय शहरमा बेचिने महिलाहरु सामाजिक सञ्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएकाहरु धेरै छन् ।
पछिल्लो समयमा दिल्ली महिला आयोग, भारतीय प्रहरी, नेपाली दुतावास, मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्थाले भारतीय कोठीबाट उद्धार गरिएका अधिकांश महिलालाई आफन्त तथा नक्कली माया प्रेममा पारेर त्यहाँ पुर्याएको पाइएको छ । जोखिमपूर्ण यात्राबा रोक्न नेपालगन्ज नाकामा प्रहरीसहित आधा दर्जन मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यसका बाबजुद महिलालाई यो नाकाबाट भारत र भारत हुँदै खाडीमुलुक पुर्याउन दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाई छ ।
सत्यपाटी - ।