बाँके । नेपालगन्जमा नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय आजदेखि सञ्चालनमा आएका छन् । भेरी अस्पताल र जिल्ला सहकारी संघ अगाडी निर्माण गरिएका सार्वजनिक शौचालयको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा र उपमेयर उमा थापा मगर संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य विकासका लागि नगर सरसफाई योजना अन्तरगत ८१ लाख १६ हजार रुपैयाँमा निर्माण भएका सार्वजनिक शौचालय उद्घाटनसँगै सञ्चालनमा आएका हुन् । नयाँ शौचालय अपांगतामैत्रीसँगै स्नानघरको समेत सुविधा रहेको छ ।
शौचालयको उद्घाटन गर्दै मेयर डा.राणाले नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय विदेशी मापदण्डअनुसार रहेको भन्दै यसको सहि सदुपयोगका लागि सबै नागरिकसँग आग्रह गरे । उपमेयर थापाले धम्बोझीमा निर्माण भइरहेको अत्याधुनिक शौचालय पनि छिट्टै सञ्चालनमा आउने जानकारी दिइन् ।
।