सूचनाको शक्ति - The Power Of Information

        

चार किलो अफिमसहित तीन जना पक्राउ

बाँके । चार किलो अफिमसहित प्रहरीले नेपालगन्जबाट तीन जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी व्यूरोको टोलीले नेपालगन्जको न्यूरोडस्थित कान्तिपुर गेष्ट हाउसको ३०५ नम्बर कोठबाट उनीहरुलाई पक्राउ गरेको हो ।

व्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको प्रहरीको टोलीले जाजरकोट डाँडागाउ घर भई हाल गुलरिया नगरपालिका–८ बर्दिया बस्ने २८ बर्षका बालकृष्ण थापा, २६ बर्षका डम्बर थापा र रोल्पा थवाङ्ग गाउँपालिकाका २७ वर्षिय दुख रोकायलाई पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक क्षेत्रीले बरामद अफिमसहित प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको जानकारी दिए । पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १९:१३